मुख्यमन्त्री सचिवालयद्वारा सुरक्षाकर्मीलाई पानी वितरण « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

मुख्यमन्त्री सचिवालयद्वारा सुरक्षाकर्मीलाई पानी वितरण



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलेको सचिवालयले हेटौंडाको विभिन्न क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुलाई पानी वितरण गरेको छ ।
बागमती प्रदेश र २ नम्बर प्रदेशको सिमानामा खटिएका मकवानपुरका प्रहरी, रातोमाटे प्रहरी पोष्ट, ट्राफिक प्रहरी कार्यालय, हेटौंडाका विभिन्न चोकहरुमा कार्यरत प्रहरीहरुलाई सचिवालयले पानी वितरण गरेको मुख्यमन्त्री पौडेलका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिए ।

लकडाउनका सयमा पसलहरु बन्द भएको स्थितीमा सचिवालयले प्रहरीलाई खानेपानी वितरण गरेको हो । लकडाउनको समयमा खानेपानीको समयस्या भएपछि पानी बितरण गरिएको पौडेलले बताउनुभयो । बिहिबार ३०० सय लिटर भन्दा बढि खानेपानी वितरण गरेको सचिवालयले जानकारी दिएको छ । गर्मि मौसम बढ्दै गएको र लकडाउनको समय कायम रहेकोले जनताको सेवामा अहोरात्र खट्ने सुरक्षाकर्मीहरुलाई समस्या नहोस भनेर पानी बितरण गरीएको हो ।


प्रतिक्रिया दिनुहोस्