प्रभु पेको स्मार्ट फोन नहुनेलाई मोवाइल वालेट सुविधा संचालन « Arthapath.com
३० चैत्र २०७६, आईतवार

प्रभु पेको स्मार्ट फोन नहुनेलाई मोवाइल वालेट सुविधा संचालन



काठमाडौैं । प्रभु पेले स्मार्ट फोन नहुने विपन्न बर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । यस अन्तरगत (१२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ । उक्त सेवा युएसएसडी मार्फत मोवाइल रिचार्ज, टेलिफोन विल भुक्तानी, टेलिभिजन विल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घर बसीबसी गर्न सकिन्छ ।

यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने छ । विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले अब आफ्नो सामान्य मोवाइल ‘बारफोन’ बाट यो सेवा संचालन गर्न सक्नेछन् । कोरोना संक्रमणको सन्त्रासका बीच देशमा जारी लकडाउनको अबस्थामा मोवाइल वालेटबाटै समपूर्ण बैंकिङ कार्यहरु भइरहेको अबस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बचित भइरहेकोले यो समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन सक्ने जनाएको छ ।

प्रदेश नं. ७ लगायत सुदुरपश्चिममा सरकारले समेत कोरोना संक्रमणको उच्च जोखिममा राखेको अबस्थामा स्मार्ट फोन पनि नहुने र हिडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पे ले यस्तो सुविधा ल्याएको हो ।

जसबाट म्यासेजहरु आदान प्रदान गर्दा शुल्क लाग्ने छैन । यो सेवा ग्रामिण
क्षेत्रलाई वित्तीय पहुँच पुराउनका साथै टाढाटाढा घर भएर नगद कारोबार गर्न नसक्ने व्यक्तिका लागि अति प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रयोग गर्ने तरीका

Ncell सिम भएका साधारण फोन प्रयोगकर्ताले rg सहित कम्तिमा ४ डिजिटको आफुले रोजेको नम्बर (जसलाइ mpin भनिन्छ) लेखि 31041 मा SMS गर्नुपर्ने हुन्छ । त्यसपछि प्रयोगकर्ताको Ncell नम्बर प्रभु–पेमा रजिष्र्टण्ड हुन्छ । अब प्रयोगकर्ताले *31041*mpin# थिचेपछि बिभिन्न सुबिधाहरु मोबाइलमा देखिन्छ र हातैबाट सम्पुर्ण सुबिधा प्रयोग गर्न सक्नुहुनेछ । प्रयोगकर्ताह?ले मोबाइलको स्क्रिनमा देखिएको नम्बर थिच्दै आफुलाई चाहिएको सुबिधा खोजेर कारोबार गर्न सक्नुहुनेछ ।


प्रतिक्रिया दिनुहोस्