जनताबाट प्राप्त सहयोगले नयाँ वर्षलाई उल्लेख्य प्रगतिको वर्ष बन्ने आशा « Arthapath.com
१ बैशाख २०७७, सोमबार

जनताबाट प्राप्त सहयोगले नयाँ वर्षलाई उल्लेख्य प्रगतिको वर्ष बन्ने आशा



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सङ्कटको समयमा आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले पहल गरिरहेको बताउनुभएको छ ।

नववर्ष २०७७ तथा विशु पर्वको अवसरमा आज शुभकामना दिँदै उहाँले लकडाउनपछि जीविकोपार्जन तथा आपूर्तिको समस्याको चिन्ता थपिनु स्वभाविक भए पनि सबैको सहयोगबाट आपूर्ति व्यवस्थालाई सहज राख्न र कालोबजारीको नियन्त्रण गर्न सकिएको बताउनुभएको हो ।

तत्कालका लागि आपूर्ति व्यवस्थालाई सहज बनाउने र दीर्घकालमा उत्पादनको क्षेत्रमा महामारीको प्रभावलाई पूर्ण अन्त्य गर्ने गरी सरकार अघि बढेको बताउँदै मन्त्री भट्टले जनताबाट प्राप्त सहयोगले नयाँ वर्षलाई उल्लेख्य प्रगतिको वर्षका रुपमा हेर्न सकिने आशा व्यक्त गर्नुभयो ।

“सामूहिक प्रयासले हामी यो चुनौतीको सामना गर्नसक्ने छौं भन्ने मैले विश्वास लिएको छु”, उहाँले सन्देशमा भन्नुभएको छ, “चुनौतीका पहाडलाई हाम्रो सामूहिक प्रतिबद्धता र पहलले पार गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।” रासस


प्रतिक्रिया दिनुहोस्