मन्त्रीहरुलाई संभावित जोखिमबाट बच्न तयारी गर्न पधानमन्त्रीको निर्देशन « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

मन्त्रीहरुलाई संभावित जोखिमबाट बच्न तयारी गर्न पधानमन्त्रीको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सबै खालको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हिजो साँझ बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकमा उनले यस्तो निर्देशन दिएका हुन ।

कोरोना भाइरसका साथै प्राकृतिक रुपमा आउने आगलागी, चट्याङ, बाढीपहिरोबाट बच्नका लागि मन्त्रालयहरुले पूर्ण तयारी गर्न र जोखिम न्यूनीकरण गर्न आवश्यक तयारी गर्न सम्वन्धीत मन्त्रालयलाई निर्देशन दिएका हुन । विपद्का सूचना सङ्कलन प्रभावकारी रुपमा गर्नुपर्ने, सूचनाहरुको सही रुपमा तथ्याङ्क राख्नाका साथै प्रदेश र स्थानीय सरकारलाई त्यस विषयमा सहयोग गरी जनचेतनामूलक काम गर्न सबै मन्त्रीलाई निर्देशन दिनुभयो ।

परिषद्का प्रमुख कार्यकारी अधिकृत तथा परिषद्का सदस्यसचिव अनिल पोखरेलका अनुसार बैठकमा कोरोना भाइरसलगायत सबै खालको विपद्बाट हुने जोखिमका विषयमा छलफल भएको छ । बैठकमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपालका काँग्रेसका सभापति नेता शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा मन्त्रीहरु उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्