मापसे गरी सवारी चलाउने २१ कारवाहीमा १८ सयको पास खोसियो « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

मापसे गरी सवारी चलाउने २१ कारवाहीमा १८ सयको पास खोसियो



काठमाडौँ। ‘लकडाउन’ मा मदिरा सेवन ९मापसे० गरी सवारी चलाउने २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैको लकडाउन सवारी पास खारेज गरिएको छ ।

कोरोना भाइरस महामारी नियन्त्रण गर्न सरकारले लकडाउन जारी गरेसंगै जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका कतिपयले मदिरा सेवन गरी पासको दुरुपयोग गरेको पाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले सवारी पासको ‘आड’ मा मदिरा सेवन गरी सवारी चलाउने, पासलाई ‘सान’ र ‘शक्ति’ ठान्नेहरूको पास खोस्ने तथा कारवाही भइरहेको गोरखापत्रलाई बताउनुभयो ।

नयाँ वर्षको अघिल्लो साँझ चैत ३० गतेपछि सडकमा पास भएका सवारी साधन बाक्लो गुड्न थालेपछि ट्राफिक प्रहरीले मापसे शुरु गरेको थियो । पास भएका २१ जना चालक मदिरा सेवन गरेको अवस्थामा भेटिएका हुन ।

विहीवारबाट लकडाउन कार्यान्वयनमा कडाई गरिएको छ, महहाशाखा प्रमुख ढकालले भन्नुभयो– पास भएपनि विना काम घुम्न सडकमा निष्केकाहरूको पास खोस्न शुरु गरिएको छ । चालकहरूलाई सोधपुछ गरिएको छ ।

पासको दुरुपयोग गरेको अभियोगमा एकहजार आठसय ४६ वटा सवारी साधनको पास खोसिएको छ । महाशाखाका अनुसार, लकडाउन अवधिमा आठहजार नौसय ७४ सवारी साधन कारवाहीमा परेका छन् । आजपनि हजार भन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् ।

खाद्य सामग्री बोकेका वाहेक अन्य निजी तथा सरकारी कार, मोटरसाइकलमा सवार ब्यक्तिको विषयमा जानकारी लिने र प्रेसका सवारी साधनको हकमा पनि सोधपुछ गर्न थालिएको छ । बाक्लो सवारी चाप बढ्नुमा पासको दुरुपयोग भएको बुझाई प्रहरीको छ ।


प्रतिक्रिया दिनुहोस्