लकडाउन थप भएसंगै वैशाख १५ सम्म सेयर बजार बन्द « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

लकडाउन थप भएसंगै वैशाख १५ सम्म सेयर बजार बन्द



काठमाडौं । सेयर बजार बैशाख १५ गतेसम्मको लागि बन्द भएको छ । मन्त्रीपरिषदको निर्णयले १५ गतेसम्म लकडाउन जारी गरेपछि शेयर बजार पनि सोहि दिनसम्मका लागि बन्द गरिएको हो ।

चैत १० गतेदेखि बन्द भएको सेयर लकडाउनको अवधि थप भएसँगै स्वतः सेयर बजार पनि बन्द भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले जानकारी दिए । तर बन्द अवधिभर पनि नेप्सेले कम्पनीहरूको सूचना वेबसाइटमा सार्वजनिक गर्ने काम भने खुला रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्