विदेशबाट फर्किएका २२ जनाकै नतिजा नेगेटिभ « Arthapath.com
६ बैशाख २०७७, शनिबार

विदेशबाट फर्किएका २२ जनाकै नतिजा नेगेटिभ



काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा गरिएको ¥यापिट डायग्नोष्टिक टेष्ट ९आरडिटी० मा सबैको नतिजा नेगेटिभ आएको छ । उक्त गाउँपालिकाको ग्वाल्टार, खुर्कोट र खनियाँखर्कमा कायम गरिएको केन्द्रमा २२ जनाको आरडिटी टेष्टसहित स्वास्थ्य परीक्षण गरिएको थियो ।

रोजगारी र अध्ययनका लागि भारत, अमेरिका, दुबई र मलेसिया गएका उनीहरु लकडाउन घोषणा हुनु केही दिनअघि स्वदेश फर्किएका थिए । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा स्वास्थ्य कार्यालय सिन्धुलीबाट खटिएको चिकित्सकसहितको प्राविधिक टोलीले उक्त परीक्षण गरेको नेकपा जिल्ला सचिवालय सदस्य ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।

कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथाम सिन्धुलीका सम्पर्क व्यक्ति सन्तोषकुमार माझी नेतृत्वको टोलीले ग्वाल्टारमा १४, खुर्कोटमा दुई र खनियाँखर्कमा छजनाको ¥यापिट डायग्नोष्टिक टेष्ट गरेको थियो । उनीहरुमध्ये २० पुरुष र दुई महिला छन् ।

उनीहरु सबै सेल्फ क्वारेन्टाइनमा बस्दै आएको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दुई टोली बनाई दुई नगरपालिका र सात गाउँपालिकामा आरडिटी टेष्ट कार्य अघि बढाएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्