फेरि एक जनामा कोराना पुष्टि, संक्रमित संख्या ३१ पुग्यो « Arthapath.com
६ बैशाख २०७७, शनिबार

फेरि एक जनामा कोराना पुष्टि, संक्रमित संख्या ३१ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । शनिवार ६५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले शनिबार राति आठ बजेसम्मको विवरण अध्यावधिक गर्दै कोरोना संक्रमित थपिएको जानकारी दिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा संक्रमण देखिएको हो ।


प्रतिक्रिया दिनुहोस्