देशभरि करिव ६ सय भन्दा बढि विद्यालयमा क्वारेन्टाइन « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

देशभरि करिव ६ सय भन्दा बढि विद्यालयमा क्वारेन्टाइन



काठमाडौं । सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण र उपचारका लागि देशभरिका विभिन्न अस्पताललाई क्वारेन्टाईन बनाएको छ । यसका साथै स्थानिय तहले पनि आवश्यक पर्ने विभिन्न विद्यालयलाई पनि क्वारेन्टाईनको व्वस्था मिलाईएको हो ।

हालसम्म देशभरि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि ५ सय ९१ विद्यालयलाई क्वारेन्टाईन बनाएको छ । उक्त क्वारेन्टाईनमा कोरोना आशंका गरिएका २ हजार ६ सय ७६ जनालाई राखिएको छ ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका अनुसार प्रदेश १ मा दुईवटा विद्यालयमा पाँच, प्रदेश २ को एक सयवटा विद्यालयमा ३७९, बाग्मती प्रदेश १८ वटा विद्यालयमा १९ तथा गण्डकीमा १० वटा विद्यालयमा ३१ जना, प्रदेश ५ मा ६८ वटा विद्यालयमा २१, कर्णाली प्रदेशका २०१ वटा विद्यालयमा ५६३ तथा सुदूरपश्चिम प्रदेशमा १९२ वटा विद्यालयमा एक हजार ६४८ जना क्वारेन्टाइनमा राखिएको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्