विदेशी पर्यटकमार्फत ५४ अर्ब १० करोड आम्दानी « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

विदेशी पर्यटकमार्फत ५४ अर्ब १० करोड आम्दानी



काठमाडौं । विश्वभरि कोरोना भाईरसले जनजीवन प्रभावित बर्नाएको छ । कोरोना भाईरसले अर्थतन्त्र तहसनहस बनेको छ । आय स्रोतका सबै क्षेत्र बन्द भएका छन । विश्वभरि कोरोना भाईरसका कारण करोडौँको रोजगारी गुम्ने खतरामा रहेको छ ।

नेपालको पनि यस्तै हालत हुने अवस्था छ छ । देशभरि कोरोना भाइसका कारणले लकडाउन जारी छ । विकास निर्माणका कार्य पनि कँहि कतै मात्रै भईरहेका छन । राज्यको मुख्य आम्दानीका स्रोतहरु ठप्प भएका छ । राज्य अर्थतन्त्रमा केहि हिस्सा ओगटेको पर्यन क्षेत्र पूर्ण रुपमा बन्द छ । भ्रमण बर्ष २०२० अहिलेको समयमा सुनसान बनेको छ । पर्यटन बर्ष २०२० स्थगित हुँदा आम्दानी पनि घट्ने अनुमान गरिएको छ । अहिले पर्यटकहरुलाई गाईड गर्नेहरु पनि बेरोजगार बस्नु परेको छ ।

चालु आर्थिक बर्षको पहिलो ८ महिनामा विदेशी पर्यटक मार्फत हुने आम्दानी ११.९ प्रतिशतले बढेको छ । फागुनसम्म विदेशी पर्यटक मार्फत रू ५४ अर्ब १० करोड आम्दानी भएको छ भने गत आवको फागुनसम्म भने रु.४७ अर्ब ५८ करोड आम्दानी भएको थियो ।

यस्तै, नेपाली पर्यटकले विदेशमा भ्रमण खर्च गर्ने पैसा भने २०.८ प्रतिशतले घटेको छ । समिक्षा अवधीमा भ्रमण र अध्ययनका नाममा रु. ४८ अर्ब ९६ करोड नेपालदेखि बाहिरीएको छ । यसमध्ये अध्ययन तर्फ भने रु २३ अर्ब ९८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण खर्च रू ६१ अर्ब ८२ करोड रहेकोमा शिक्षा तर्फको खर्च भने रु ३२अर्ब १७ करोड रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्