जुम्लाबाट राजापुर हिँडेका मजदूरको उद्धार « Arthapath.com
१० बैशाख २०७७, बुधबार

जुम्लाबाट राजापुर हिँडेका मजदूरको उद्धार



दैलेख । जुम्लाबाट पैदल यात्रा गरी बर्दियाको राजापुर पुग्ने लक्ष्य लिएर पैदल हिँडेका राजापुर नगरपालिकाका ३९ थारु समुदायका कामदारलाई यहाँ उद्धार गरिएको छ । लायन्स क्लबमा आबद्ध व्यक्तिले बटुवाका लागि सञ्चालन गरेको मेसमा खाना खुवाएर सवारी साधनमार्फत राजापुरका लागि पठाइएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले यातायातबापतको रकम चालकलाई बर्दिया पुगेर भुक्तानी दिने गरी दैलेखबाट उहाँहरूको उद्धार गरिएको हो । साथीहरू हिँड्न नसक्ने अवस्थामा नभएको र धेरैको खुट्टा फुटेको कुरा पत्रकारले थाहा पाएर सबैलाई जानकारी गराइदिएका कारण आफूहरूको उद्धारमा सहयोग भएको पैदल यात्री शिवप्रसाद थारुले जानकारी दिनुभयो ।

लायन्स क्लब दैलेखका सदस्यले व्यक्तिगत रुपमा रु एक हजार पाँच सय संकलन गरेर बटुवालाई खाना खुवाउने अभियान शुरु गरेको र अहिलेसम्म दुई सयभन्दा बढीलाई खाना खुवाएर गन्तव्यमा पठाइएको दैलेख लायन्सका अध्यक्ष नरेन्द्र केसीले जानकारी दिनुभयो ।रासस


प्रतिक्रिया दिनुहोस्