अध्यादेशका बारेमा टिकाटिप्णी नगर्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन « Arthapath.com
१० बैशाख २०७७, बुधबार

अध्यादेशका बारेमा टिकाटिप्णी नगर्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन



काठमाडौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय सांसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग पार्टी स्थापना दिवसको अवसरमा छलफल गरेका छन् ।

Image may contain: one or more people and people sitting

प्रधानमन्त्री एवं पार्टी अघ्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समुहमा छलफल गरिेका हुन् ।

सुदूरपश्चिम प्रदेशबाट शुरू भएको छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमशः सातवटै प्रदेशका सांसदहरूसँग आज र भोलिसम्म गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलमा जारी अध्यादेश र कोरोना भाइरसविरूद्दको लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएको सल्लाहकार थापाले बताए ।

Image may contain: people sitting, table, living room and indoor


प्रतिक्रिया दिनुहोस्