लकडाउनमा दाना नपाउँदा माछा मर्न थाले « Arthapath.com
१२ बैशाख २०७७, शुक्रबार

लकडाउनमा दाना नपाउँदा माछा मर्न थाले



रौतहट। बन्दाबन्दीका कारण दाना नहुँदा रौतहटको रौतहटकस्थित दुुईवटा पोखरीको लाखौ बराबरको माछा मर्न थालेका छन् । मौलापुर नगरपालिका वडा ८ का किसान जयराम यादव र अजय यादवको माछा मर्न थालेको हो । उक्त पोखरीमा झण्डै १० लाख बराबरको माछा रहेको यादवद्वयको भनाइ छ ।

यसैबीच बौधिमाई नगरपालिका वडा ७ बंकुुलचौकस्थित होटेल रजनी मिट हाउमा बुुधबार राति भएको आगलागीको क्षतिको विवरण सङ्कन भइरहेको छ । बोर्डर आउटपोष्ट बंकुलका सशस्त्र प्रहरी निरीक्षक दिपनरसिंह राईको कमाण्डमा गएको टोलीले र गाँउलेहरु मिलेर आगलागी नियन्त्रण गराएका थिए ।रासस


प्रतिक्रिया दिनुहोस्