माछापुुच्छ्रे बैंकका थापा र न्यौपाने नायव महाप्रबन्धकमा बढुवा « Arthapath.com
१४ बैशाख २०७७, आईतवार

माछापुुच्छ्रे बैंकका थापा र न्यौपाने नायव महाप्रबन्धकमा बढुवा



माछापुुच्छ्रे बैंक लि. मा सहायक महाप्रबन्धकमा कार्यरत सर्जु कुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धक पदमा बढुवा हुनुभएको छ । बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलिसक्नु भएका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्ने गरी जिम्मेवारी दिइएको छ ।

बैंकिङ्ग क्षेत्रमा २० बर्षको अनुभव भएका सर्जु कुमार थापाले त्रिभुवन विश्व विद्यालयबाट एमबीए गर्नु भएको छ । सन् २००० बाट बैंकिङ्ग करियर सुरु गर्नुभएका थापासंग बैंक अफ काठमाण्डौँ तथा सानिमा बैंकमा काम गर्नु भएको अनुभव छ । उहाँ कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापन लगायतका विषयमा पोख्त बैंकरमा पर्नुहुन्छ । विगत ६ वर्षदेखि माछापुुच्छ्रे बैंकमा आवद्ध थापालाई बैंकिंग क्षेत्रमा बैंकिङ्ग बिजनेसका साथ हाइड्रोपावर फाइनान्सिङको विज्ञ मानिन्छ ।

त्यस्तै, त्रिभुवन विश्व विद्यालयबाट बीएस्सी र काठमाण्डौ विश्व विद्यालयबाट एमबीए गर्नुभएका विश्वम्भर न्यौपानेसंग बैंकिङ्ग क्षेत्रमा २२ बर्षको अनुभव रहेको छ । जोखिम व्यवस्थापनमा अब्बल न्यौपानेले समग्र बैंकिंग सञ्चालनमा राम्रो दख्खल राख्नुहुन्छ । साथै, सेल्स र मार्केटिङ्गमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुच्छ«े बैंकमा कार्यरत हुनुहुन्छ । उहाँसंग एभरेष्ट बैंक तथा एन.आइ.सि. बैंकमा विभिन्न भुमिकामा कार्य गर्नुभएको अनुभव रहेको छ ।


प्रतिक्रिया दिनुहोस्