२५ लाख धरौटीमा छुटेपनि फेरि पक्राउ परे अग्रवाल, कारण के हो ? « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

२५ लाख धरौटीमा छुटेपनि फेरि पक्राउ परे अग्रवाल, कारण के हो ?



काठमाडौं । मेडिकल सामाग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटे लगत्तै पुन पक्राउ परेका छन् ।

सम्पत्ति सुद्धिकरण विभागले पनि अनुसन्धान गर्ने भएपछि अग्रवाल छुटे लगत्तै फेरी पक्राउ परेका हुन । काठमाडौं प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले उद्योगी सुलभ अग्रवाल पुन पक्राउ परेको जानकारी दिए । पक्राउ गरेर पुल्चोक पठाएको बोगटीले बताए ।

थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो ।

जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस्