विमान चडेरै बिश्व घुम्यो कोरोना,आफू बाहिर निस्कियो दुनियाँ भित्र खाँदेर « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

विमान चडेरै बिश्व घुम्यो कोरोना,आफू बाहिर निस्कियो दुनियाँ भित्र खाँदेर



दर्पण शर्मा (युवा साहित्यकार)

दर्पण शर्मा (युवा साहित्यकार), विमान चडेरै बिश्व घुम्यो कोरोना । आफू बाहिर निस्कियो दुनियाँ भित्र खाँदेर । पक्कै माक्स र लेलिनको सिद्धान्त मान्छ, यसले धनी र गरिबलाई बराबर मान्यो, बराबर मार्याे । कानुनको पुजारी हुनसक्छ यो । समानताको हक, स्व्च्छ बाताबरणको हक सबै खोज्यो सबै पायो ।

बुढा–बुढीको सम्बन्ध बचाउन भगवानले पठाइएका पनि हुन सक्छन् । न बुढाले अर्कि ल्याउन पाउँछ न त बुढी पोइला जान पाउछे, अहिले ।

“बास के हो ?” सोद्दा उत्तर आउँथ्यो “सानो प्वाल बाट ठूलो आकाश देख्न सकिने मेरो पाल मुनिको बगर” “कपास के हो ?” सोद्दा उत्तर आउँथ्यो “पसिनाले भिजेको पानीगन्जी र मैलोले पोतिएको सुरुवाल” “गर्मी के हो ?” सोद्दा उत्तर आउँथ्यो “कालोपत्रको राप” “जाडो के हो ?” सोद्दा उत्तर आउँथ्यो “गल्लिमा तरकारी बेच्न ठेला गुडाउँदाको फाल्गुनका रात”

दुर्घटना घटाउन आयो भनुँ, मान्छे आँफै मारिराछ । मान्छे मारेर जनसंख्या नियन्त्रण गर्न आयो भनुँ, भारतको कन्याकुमारीमा काम गर्ने बुढा र झापाको अन्तुढाँडा बस्ने बुढी संगै छन् । बाहिर निस्किन नपाएको महिना भै सक्यो । जनसंख्या बढ्दैन भन्ने तथ्यमा साक्षी को बन्ने ? जे होस् बन्दाबन्दिले हुनेखानेका घरलाई कुकिङ र योगा क्लास बनाइदिएको छ तर हुँदाखानेलाई यो भिडियो ग्याम जस्तै भयो । पहिलो १/२ लेबल स्वरुपका १/२ दिन मजाले कटे । दिन बड्दै गयो मजदुरका छाक घट्दै गए ।

“बसुदैब कुटुम्बकम्”को मन्त्र जप्ने नेपाली समाजले नेपालिको पिर, ब्यथा बुज्यो । नेपाली भोको नबसोस् भनेर पश्चिममा भोका बसेका पुसाँइका लागि पूर्वका काका दाता बने । कयौं बर्ष नबोलेर छिमेकी दिदिहरुबिच बढेको दुरि, नुन माग्दा छोटो भयो । हिँडिरहेका नेपाली कामदार सेतो नम्बर प्लेटको गाडीमा घर पुग्न पाए । खान नपुग्ने नेपाली कामदारका घरमा राहतका बोरा पुगे । कसैले सेल्फिका लागि गरे, कसैले मानवताका लागि गरे । जसरी गरेपनी काम ठप्प भएर झन्डै भोका बसेका काका–काकिको भान्सा तिहारमा घर सिँगारिए सरि सिगाँरियो ।

सायद “बसुदैब कुटुम्बकम्”को अर्थ तीन करोड नेपालिमा मात्र लाग्छ होला । पन्ध्र बर्ष देखि नेपालमा कोठा लिएर भारतिय दाइ बस्थे । उनका लागि “गाँस के हो?” सोद्दा उत्तर आउँथ्यो “मैले फुटाउने ढुङ्गा”

“बास के हो ?” सोद्दा उत्तर आउँथ्यो “सानो प्वाल बाट ठूलो आकाश देख्न सकिने मेरो पाल मुनिको बगर”

“कपास के हो ?” सोद्दा उत्तर आउँथ्यो “पसिनाले भिजेको पानीगन्जी र मैलोले पोतिएको सुरुवाल”

“गर्मी के हो ?” सोद्दा उत्तर आउँथ्यो “कालोपत्रको राप”

“जाडो के हो ?” सोद्दा उत्तर आउँथ्यो “गल्लिमा तरकारी बेच्न ठेला गुडाउँदाको फाल्गुनका रात”

“सम्पती के छ ?” सोद्दा आफ्ना बच्चालाई देखाउँथे । उनिहरुका लागि अल्लाह सामु हात फिजाउँथे । उनी आफ्नो बच्चाको लाजका लागि कपडा माग्थे । भोकका लागि दुई छाक माग्थे । आफ्नालागी कर्म गर्न सामथ्र्य माग्थे । आज उनी छाक टार्न राहत माग्दैछ्न् । नेपाली दाइ उनिसंग नागरिकताको प्रतिलिपी माग्दैछ्न् । उनका बाबा वीर नेपाली थिएनन् । उनकी आमा नेपालकी चेली थिइनन् ।

उनको नागरिकता हुनु, असम्भव । उनलाई कसैले पर्यटक पनि मान्दैन । यदि दिदि भाइको नातामा नागरिकता मिल्थ्यो भने उनी लाखौं नेपाली युवतिका भैया हुन् । यदि कर्म गर्ने मान्छे महान हुन्छ भने उनी कर्मबिर हुन् । यदि मन खुशी पार्ने मान्छे सबैको प्रिय हुन्छ भने ताजा तरकारी बेचेर आमालाई अनि पानीपुरीले बैनीलाई खुशी पार्ने सबैको प्रिय हुन् , उनी । यदि अर्काको भलाई गर्ने मान्छे महात्मा हो भने, अर्काको देशमा बाटो बनाउने महात्मा हुन् उनी । अर्काको कष्टमा राहत बन्ने मान्छे मानवताको चिनारी हो भने गर्मीमा आइसक्रीम खुवाउने उनि जत्तिको महान मनुष्य कोहि हुनै सक्दैन । यति गुण र त्याग छ उनमा तर पनि भोका छन् उनी । उनका लागि राहत एउटा बेल बनेको छ र उनी काग । पाउन प्रयत्न गरिरहन्छन्, असफल भैरहन्छन् । केही महिना अघि ठेलागाडीमा तरकारी लिएर गल्ली छिर्दा झुम्मिने आमाहरु अचेल ढोका लगाएर बस्नु हुन्छ । दमको औसधि लिन अस्पताल जाँदा डाक्टरले सटर बन्द गर्छन् ।

शान्तिका दूतको जन्मभूमि,नेपाल । हिमालको उचाईले मात्र परिचित छैन । हामी नेपालीको सत्कार, मानवता, भावना, सम्मानको उचाइका कारण बिस्वमा वाह–वाहिको पात्र बनेको छ । यस्तो बेलामा हाम्रो सरकार मानवता को उच्च प्रतीक बन्न चुक्नु हुँदैन । के स्थानिय ? के आप्रवासी ? कसैको भोक रोएको खण्डमा नेपालिले आफ्नो एक छाक छोड्न सक्नु पर्छ । इस्वर, अल्लाह, जिसस, बुद्ध जुनसुकै धर्मको एउटै धारणा छ, “हामी सबै प्रभुका अंश हौं”

कर्मभुमिलाइ सबैथोक मानेर नेपाल बसेका उनी आज एक्लो भएका छन् । चामाल माग्न नेपाली दिदिको घर जाँदा दिदिका श्रीमानले उनका तिघ्रामा लौरी लगाएछन् । उनको छाप्रामा न सेल्पी खिच्ने पुगे न त सरकारको राहत । उनी आप्रवासी भएकैले गर्दा भोको बसे । आप्रवासी भएकैले गर्दा हेपिन पुगे । तर उनको भोक आप्रवासी थिएन । मन आप्रवासी थिएन । नेपालिले धर्म को विभेद हटाए । बर्णको, जातको, लिङ्गको सबै भेदभाव अन्त्य गरे तर सिमानाको भेदभाव अझै पालेका छन् । मानव प्राणिको सट्टा नेपाली प्राणिमा मात्र ध्यान हालेका छ्न् ।जसले गर्दा आप्रवासी कामदार दाइको छोराको आन्द्रा सुकिसक्यो । हिँडेर आउँदै गरेका नेपाली कामदार दाइले गाडिमै घरको बाटो काटिसके तर हिंडेर आउँदै गरेका आप्रवासी कामदार दाइका खुट्टाहरु गिट्टीले फाटिसके । जमिन माथी पाल लगाएर उनले आकाशको पानी त रोके तर मुख माथी माक्स लागाउँदैमा भोक रोकिएन उनको, बिडम्बना । लाखौं मान्छेका घरका कबाडी बोके । बालुवा बोके, ढुङ्गा बोके । खोलाको बगर हरियाली पारे,तरकारी बोके । दुर्गम गाउँमा चिया पकाउने छान्नी देखि लिएर हलुवा पकाउने कराइ सम्म पुर्याए ।

प्वाँ–प्वाँ पार्दै लाम्छे बेलुन दिएर बच्चा बच्चिलाइ भुलाए । बक्समा बर्फी बोकेर टोल, टोल डुलाए । आज उनी छाक माग्न टोल, टोल डुल्छ्न् । नेपालिहरु भारतको महामारीको आँकडा गर्दै ढोका थुन्छ्न् । बिचरा उनी एक्लै रुन्छ्न् । पन्ध्र बर्ष अर्काको देश मलिलो पारेर नेपाल फर्किएको मान्छे नेपाली हुन्छ । तर आफ्नो देश छोडेर नेपाल बसेको मान्छे नेपाली हुँदैन । हामिले अंग्रेजी सिक्यौं, उनले नेपाली सिके । हामिले अमेरिकाको सपना देख्यौं, उनले नेपालको सपना देखे । हामिले बिदेशी माटो मलिलो पार्यौं, उनले नेपालको माटो मलिलो पारे । हामी भन्दा ठुला देशभक्त त आप्रवासी कामदार हुन् जस्तो लाग्छ ।

शान्तिका दुतको जन्मभुमि,नेपाल । हिमालको उचाईले मात्र परिचित छैन । हामी नेपालिको सत्कार, मानवता, भावना, सम्मानको उचाइका कारण बिस्वमा वाह–वाहिको पात्र बनेको छ । यस्तो बेलामा हाम्रो सरकार मानवता को उच्च प्रतीक बन्न चुक्नु हुँदैन । के स्थानिय ? के आप्रवासी ? कसैको भोक रोएको खण्डमा नेपालिले आफ्नो एक छाक छोड्न सक्नु पर्छ । इस्वर, अल्लाह, जिसस, बुद्ध जुनसुकै धर्मको एउटै धारणा छ, “हामी सबै प्रभुका अंश हौं”

हामी बिस्वका मानव प्राणी एउटै जाती हौं त्यसैले सरकारले “अथिती देवो भवस्”लाई मनन् गर्दै आप्रवासीको भुँडी भर्नु अहम् आवस्यकताको रुपमा लिनु पर्यो । भारतिय दाइको जस्तो अवस्था छ त्यो भन्दा बिकराल अवस्था वैदेशिक रोजगारमा गएका नेपाली दाइको छ । बिस्वभर वैदेशिक रोजगारमा धेरै पलायन हुने रास्ट्रमा नेपाल दोस्रोमा पर्छ । दैनिक पन्ध्र सयका दरले बिदेशीयका नेपाली दाइ अलपत्र परेका छ्न् । भारतिय दाइले त गिट्टी फोरे तर नेपालि दाइले भित्र्याएको रेमिटान्सले त्यो गिट्टी आयो । आज ती नेपाली दाइ बिदेशको कुनै कुनामा अलपत्र परेका छ्न् ।

उनका लागि सम्बन्धित राजदुतावासले सहयोग गर्नु नेपाल सरकारको दायित्व हो । जिबनका सबै परिक्षाका लागि तैयार कामदार यो बिकराल परिक्षा पार गर्न सक्छु भनेर हिम्मत साथ बस्नु उसको एक मात्र बास्तबिकता । आज आप्रवासी कामदार संग रोजगारिको हक खोसिएको छ तर उसको बाँच्न पाउने हक सुरक्षित गर्नु सरकारको कर्तव्य हो । साउदिको गर्मीले सुकाउन नसकेको तिम्रो छाला भोकले सुकाउँदैन दाइ।अन्टार्टिकाको जाडोमा नकापेको तिम्रो शरीर तनाबले काँप्दैन दाइ । अठार घन्टा काम गर्दा मुर्छा नपरेका तिमिलाइ भोकले मुर्छित पार्न सक्दैन दाइ । हिम्मत हार्यौ भने आमालाइ सम्झिनु, आमाको याद्ले हिम्मत मर्न दिँदैन दाइ । आश गर्यौ देश फर्किने तर यहाँको सरकार तिम्लाइ देश फर्काउन असमर्थ छ । असमर्थ नभएर आप्रवासी कामदार दाइलाइ सकुशल देश भित्र्याउनु सरकारको दायित्व हो ।
हेल्लो सरकारः– हजुरकै दायित्व हो ।


प्रतिक्रिया दिनुहोस्