सप्तरीमा पनि भेटिए कोरोना संक्रमित, संक्रमित संख्या १२१ पुग्यो « Arthapath.com
२९ बैशाख २०७७, सोमबार

सप्तरीमा पनि भेटिए कोरोना संक्रमित, संक्रमित संख्या १२१ पुग्यो



काठमाडौं । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो ।


प्रतिक्रिया दिनुहोस्