सेनाको हेलिकप्टरमार्फत गर्भवतीको उद्धार « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

सेनाको हेलिकप्टरमार्फत गर्भवतीको उद्धार



काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–३ की २१ वर्षीया सङ्गीता भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

सोमबार सुत्केरी व्यथा लागेकी भण्डारीको गाउँपालिकामा रहेको हुनी महतीको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी समीर भण्डारीले जानकारी दिए ।

भण्डारीले दिएको जानकारीअनुसार भण्डारीको पेटमा दुई उल्टो शिशु भएकाले सुत्केरी गराउन नसकी स्वास्थ्यकर्मीले सोमबार नै अन्यन्त्र पठाइए गरेपनि जिल्लामा व्यवस्था नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाएको छ ।


प्रतिक्रिया दिनुहोस्