सिन्धुपाल्चोकको पहिरोमा परि ३८ जना बेपत्ता, ८ जना गम्भिर घाईते « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

सिन्धुपाल्चोकको पहिरोमा परि ३८ जना बेपत्ता, ८ जना गम्भिर घाईते



काठमाडौं । शुक्रबार विहान ६ बजेतिर सिन्धुपाल्चोकको जुगल–२ लिदिको लामा टोलमा पहिरोमा परेर ३८ जना बेपत्ता भएका छन् । उक्त पहिरोमा परेर ८ जना गम्भीर घाइते भएका छन् ।

वडाध्यक्ष प्रताप लामाका अनुसार सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य जारीराखेका छन् । पहिरोले ३७ घरमा क्षति र्पुयाएको छ ।

जुगल गाउँपालिकाले साउन २२ गते लिदिका १७२ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको थियो ।


प्रतिक्रिया दिनुहोस्