पुल्चोक झडपमा खटिएका १८ प्रहरीलाई कोरोना संक्रमण « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

पुल्चोक झडपमा खटिएका १८ प्रहरीलाई कोरोना संक्रमण



काठमाडौं । काठमाडौं । बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।

भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरीको भनाई रहेको छ । ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्