सेयर बजारमा २ अर्ब ७८ करोड रुपैयाँ बढीको कारोबार « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

सेयर बजारमा २ अर्ब ७८ करोड रुपैयाँ बढीको कारोबार



काठमाडौं । नेप्से सूचक आइतबार १०.४५ अंकले घटेर १४९९.९७ विन्दुमा रोकिएको छ । १९१ कम्पनीको २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आईतबार ७० लाख ३८ हजार ९९० कित्ता सेयर खरिदबिक्री भएका छन् ।
गिरावटकै बीचमा पनि उन्नति लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर, राधी हाइड्रोपावर र युनिभर्सल पाव।को शेयर भने ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ? एननआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबारको सुरुमा केही समय उकालो लागेको नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा ०.६९ प्रतिशतले बढेको छ । त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये २ उपसमुह भने हरियोमा नै कायम रहेका छन ।

कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ५ लाख ७ हजार ३८९ कित्ता शेयर ४ हजार २९४ पटक खरिद विक्री हुदाँ ४० करोड १३ लाख रुपैयाँ बराबरको करोबार गरि उच्च स्थानामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्