एसबिआई बैंकका सिइओ भटनागर फिर्ता भए, डेले बने सीइओ « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

एसबिआई बैंकका सिइओ भटनागर फिर्ता भए, डेले बने सीइओ



काठमाडौं । विदेशी साझेदार भारतीय स्टेट बैंकले नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरलाई फिर्ता बोलाएएको छ । उनको सट्टामा भारतीय स्टेट बैंकले दीपककुमार डेलेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेर पठाएको छ ।

भदौ १९ गते बैंक सञ्चालक समितिको बैठकले भारतीय स्टेट बैंकको निर्णयलाई सदर गरी भटनागरलाई फिर्ता पठाउने र दीपककुमार डेले पदमा पदबहाल नहुँदासम्मको लागि नायब कार्यकारी प्रमुख शुभकान्त कानुनगोलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्