भारतको सबैभन्दा ठूलो एसबीआई बैंकले ३० हजार कर्मचारी कटौती गर्दै « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

भारतको सबैभन्दा ठूलो एसबीआई बैंकले ३० हजार कर्मचारी कटौती गर्दै



भारतिय एसबीआई बैंकले ३० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कर्मचारी कटौती गर्न बैंकले स्वेच्छिक अवकाश योजना (भीआरएस) ल्याउन लागेको हो ।

भारतको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इण्डिया (एसबीआई) बैंकले आफ्नो मानव संशाधनलाई छरितो र अनुकूल बनाउँदै खर्च कटौती गर्न भीआरएस ल्याउने जनाएको छ ।

समाचार एजेन्सी पीटीआइका अनुसार, एसबीआइ भीआरएसको माध्यमबाट ३० हजार १९० जना कर्मचारीलाई हटाउन चाहँदैछ । बैंकले कर्मचारी कटौती स्किमलाई “सेकेन्ड इनिङ ट्याब भीआरएस २०२० नाम दिएको छ । पीटीआइका अनुसार, एसबीआइले भीआरएस स्किमको मस्यौदा तयार पारिसकेको छ ।

२५ वर्षदेखि बैंकमा काम गरिरहेको र उमेर ५५ वर्षभन्दा बढी भएकाहरुले स्किममा सहभागिता जनाउन पाउने छन । बैंकले यो स्किम डिसेम्बर १ बाट खुला गर्ने छ । फेव्रुअरी अन्तिमसम्म आवेदन दिन सकिने छ ।

जसले भीआरएस लिन्छ उसलाई बाँकी हुने जागिर अवधिको तलब जति हुन्छ त्यसको ५० प्रतिशत रकम उपलब्ध गराइने बैंकले जनाएको छ ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्