बाढी, पहिरो र खाल्डो गरि सडकको बारेमा जानकारी दिने एप सार्वजनिक « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

बाढी, पहिरो र खाल्डो गरि सडकको बारेमा जानकारी दिने एप सार्वजनिक



काठमाडौं । सडकको बारेमा जानकारी दिने एप्स सार्वजनिक भएको छ । बाटोमा यात्रा गर्दा केहि समस्या छ वा छैन भनेर जानकारी पाउनका लागि उक्त एप्सले सहयोग पुग्ने अपेक्षा लिईएको छ ।

इन्टेट्स मोबी प्राइभेट लिमिटेडले इन्टेट्स गो नामक एप बनाएको नेभिगेशन एपले यस्तो जानकारी दिने भएको हो । एपका बीटा भर्सन एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ । भारतको टेक कम्पनी इन्टेट्स मोबी प्राइभेट लिमिटेडले यस्ता यस्ता नेभिकेशन एप तयार पारेको हो ।

यस्ता छन् विशेषता

सडकमा रहेको खाल्डो, पानी भरिएको, ट्राफिक जाम , ब्रेकर र स्पीड क्यामेरालगायतका बारेमा जानकारी दिने छ ।

उक्त एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ । अहिले यो एप बेटा प्रयोगकर्ताका लागि मात्रै उपलब्ध हुनेछ ।

कम्पनीको दावी यो छ कि एपले दैनिक जसो नै ९ हजार खाल्डो तथा स्पीड ब्रेकरकोे जानकारी दिनेछ । इन्टेटस मोबी प्राइभेट लिमिटेडले इन्टेट्स गो को केही वर्ष पहिलेदेखि नै काम गर्न शुर गरेको थियो ।

कम्पनीका अनुसार सडकको अवस्था तथा दुर्घटनाका बारेमा प्राप्त हुने तथ्यांक रियल टाइममा नै अपडेट गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि २ लाख बढी त्यस्ता संयन्त्रहरुको परिचालन गरिएको छ । जसका कारण कुनै पनि अवस्थाको बारेमा जानकारी दिन र प्राप्त गर्न कुनै समस्या नहोस् ।

इन्टेटस गो ले कूल २० लाख किलोमिटरका दूरी तय गरेको दावी गरेको छ । अब स्टाउट्स वा तथ्यांक संकलनकर्ता २ लाख बढी पुगेका छन् । कम्पनीले दावी गरेको छ कि उसको नक्शा हरेक दिन १ लाख ५० हजार किलोमिटर बढ्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस्