यात्रु नपाउँदा रित्तो गाडी गुडाउन बाध्य,भाडा महंगो भएको भन्दै दुर्व्यबहार « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

यात्रु नपाउँदा रित्तो गाडी गुडाउन बाध्य,भाडा महंगो भएको भन्दै दुर्व्यबहार



धन बहादुर बोहरा

काठमाडौं । कैलालीमा निषेधाज्ञा केही खुकुलो भएपछि उत्साहित भएका यातयात व्यवसायीहरु यात्रु नपाउँदा भने चिन्तित बनेका छन । झण्डै २ हप्ता आफ्ना सवारी साधन थन्क्याएर बेरोजगार बसेका यातायात व्यवसायीले यात्रु नपाएपछि रित्तो गाडी गुडाइरहेका छन् । कोरोना संक्रमण तीव्र रुपमा फैलिएका कारण धनगढीमा साना ठूला सवारी साधनले यात्रु निकै कम पाएका छन् । धेरै जसो नागरिक सुरक्षित घरमै बसेपछि बजारमा चहलपहल पनि बढेको छैन ।

जिल्लाभित्र सवारी सञ्चालनको अनुमती पाएपनि यात्रु नपाउँदा सवारी सञ्चालन गर्नुको कुनै औचित्य नभएको व्यवसायीहरुको भनाई छ । कैलालीमा भदौ ४ गते देखी जारी निषेधाज्ञा शनिबारबाट केही खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले स्वरुप परीवर्तन गरी निषेधाज्ञालाई निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशमा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक तथा निजी सवारी सञ्चालन गर्न पाईने उल्लेख छ । प्रशासनले तोकिएका मापदण्ड अनुसार सवारी सञ्चालन गर्न भने पछि उत्साहित बनेका यातयात व्यवसायीहरु यात्रु नपाउँदा भने चिन्तित देखिएका छन । बौनियाका मोहन चौधरीले ६ महिनापछि आज मात्रै सवारी सञ्चालन गरेको बताए । यस अवधीमा गाडीको किस्ता, बैंकको ब्याज तिर्न र दैनिकी धान्न निकै सकस परेको उनले बताए ।

धनगढी चौराहामा बस व्यवसायी तथा रिक्सा व्यवसायीहरु यात्रुको खोजीमा भाँैतारीरहेका छन । झन्डै ३ घण्टा सम्म यात्रु पाउने आशमा बसेका लम्की चुहानगरपालिकाका ललित बुढाले बिहान ११ बजेसम्म एकजना यात्रु पनि पाएनन् । बरु उनले भाडा महंगो भयो भन्दै केही व्यक्तिहरुबाट दुव्र्यवहार सहनुपर्यो । उनी धनगढीबाट टिकापुर जाने यात्रुको खोजीमा थिए । बढ्दो संक्रमणका कारण यात्रुहरु नपाईएकोमा व्यवसायी चिन्तित देखिन्छन भने त्यसमाथि टा«फिक प्रहरीको झन्झट समेत व्यहोर्नुपरेको उनको भनाई छ ।

लामो समयको बन्दले थला परेका यातयात व्यवसायीहरु सवारी सञ्चालन गर्न पाएपछि झिनो आशा बोकेर सडकमा उत्रिएका छन । तर कोरोना त्रासका कारण यात्रुहरुको चहल पहल कम हुँदा उनीह? रित्तो गाडी गुडाउन बाध्य छन । ५० प्रतिशत बढी भाडादरमा जिल्ला भित्र सवारी सञ्चालनको अनुमती पाएका व्यवसायीहरुमा निरासा उत्पन्न भएको छ । ठुला यातयात व्यवसायी मात्र नभई रिक्सा व्यवसायीहरु समेत यात्रु नपाउँदा रित्तो रिक्सा गुडाईरहेका छन । गेटाका अर्जुन ऐरले यात्रु नपाउँदा आम्दानी घटेको बताए । सामान्य अवस्थामा दैनिक झन्डै १५ सय आम्दानी हुने गरेकोमा अहिले भने ३ सय मात्रै आम्दानी भईरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्