५० वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिलालाई « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

५० वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिलालाई



काठमाडौं । पचास वर्षपछि सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतलाई दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो ।

अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी पोखराअन्तर्गत गुल्मपतिको नामावलीमा उनको नाम ३४ नम्बरमा छ । विसं २०२६ यताका गुल्मपतिमा उनी पहिलो महिला हुनु भने नेपालमा दोस्रो गुल्मपति हुनु । नेपालको पहिलो पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति भएकी थिइन । आपत्कालीन ब्याक फोर्सका रुपमा रहने गुल्ममा उहाँको नेतृत्वमा ११० प्रहरी रहनेछन् ।


प्रतिक्रिया दिनुहोस्