पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा १ अर्व रुपैयाँ जोगियो « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा १ अर्व रुपैयाँ जोगियो



काठमाडौं । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट ५३ करोड ४१ लाख लिटर पेट्रोल आयात भएको छ । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९।२ किलोमिटर लामो पाइपलाइनबाट उक्त तेल आयात गर्दा १ अर्व रुपैयाँ जोगिएको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने उक्त पाईपलाईनमा ढुवानी तथा तापक्रम नोक्सानीबापत रकम जोगिएको निगमले जनाएको छ ।

पाइपलाइनको नेपाल र भारतका प्रधानमन्त्रीले गत वर्ष भदौ २४ गते संयुक्त भर्चुअल उद्घाटन गरेकोमा आज एक बर्ष पुरा भएको छ । एक बर्षको अवधिमा २ लाख ६७ हजार ट्यांकर बराबरको डिजेल आयात भएको अमलेखगन्ज डिपोले जनाएको छ । करिब ८० करोड २६ लाख रुपैयाँ ढुवानीमा तथा करिब १५ लाख रुपैयाँ तापक्रम नोक्सानी बापत जोगिएको हो ।


प्रतिक्रिया दिनुहोस्