भ्याट तिर्न के को आपत्ति हो: मन्त्री भट्ट « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

भ्याट तिर्न के को आपत्ति हो: मन्त्री भट्ट



काठमाडौं । बारम्बार नीजि क्षेत्रलाई ज्वाईको संज्ञा दिने उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोनाको चपेटामा परेको बेला व्यावसायीलाई हौसला प्रदान गर्न भने सकेका छैनन् । सरकारले व्यावसायीलाई समयमै कर तिर्न ताकेता गरिरह्यो यता व्यावसायीले समय थप गर्न माग गरे । तर बारम्बार ज्वाई भनेर संज्ञा दिने मन्त्री भट्टले यो समयमा भने व्यावसायीको पक्षमा बोलेनन् । उनले राष्ट्रिय व्यवसायी महासंघका पदाधिकारीहरुसँगको छलफलमा कोरोनाको कहरबाट आम जनजीवनलाई कसरी सहज बनाउने ? आर्थिक गतिबिधीलाई कसरी चुस्तदुरुस्त राख्ने र अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने विषय नै यतिबेला सरकारको सबै भन्दा प्राथमिकतामा रहेको बताउँदै कर तोकिएको समयमै तिर्नुपर्नेमा जोड दिए ।

उनले भने ‘परिस्थिति यस्तो बनेको छ की यतिबेला जीवनमुखी हुने की स्वतन्त्रतामुखी हुने भन्ने प्रश्न पनि हाम्रा बिच उब्जिएको छ । पहिला त जीवन बचाउने काम गर्नुपर्छ । फेरी अर्को कोण आउँछ की जीवनमै समस्या आउने हुन् । त्यहि जीवन जोगाउन आइसीयुको व्यवस्थापन गरिनु परेको हो । त्यसकारण हामीले अलि नयाँ ढंगले सोच्नुपर्ने समय भएको छ ।’

हाम्रो उदेश्य उद्योग, व्यवसाय, कृषि सबैलाई सहज ढंगले सञ्चालन हुने वातावरण बनाउने नै हो । जहाँ जहाँ समस्या छन्, त्यहाँ त्यहाँ समाधान गर्दै जाने पनि हो । समस्याहरुको गाँठो फुकाउँदै जाने हो, त्यसको समाधान पनि खोज्दै जाने हो । अहिलेसम्म मुलुकको २५ प्रतिशत व्यापार प्रभावित भैसकेको छ । मैले यहि कुरा सीसीएमसीमा पनि राखिसकेको छु । उनले भने ।

फेरी म्याद (डेट एक्सपायर) सकिएको धेरै वस्तुहरु यतिबेला गोदाममा छन् । ति वस्तुहरुलाई अब निकाल्नु पर्यो । व्यवसायीहरुले म्याद सकिएका वस्तुहरु अलग गर्नुपर्छ । व्यवसायीहरुले आफ्नो व्यवसायीकता पनि देखाउनुपर्छ । म्याद सकिएका समानहरुको सूचि तयार पारेर क्षतिको तथ्यांक निकाल्नुपर्छ । त्यसका आधारमा व्यवसायीलाई कति नोक्सानी भएको हो ? समग्रमा राष्ट्रलाई कति नोक्सानी भएको हो भन्ने एकिन हुन्छ ।

उनले तथ्यांक विना नदेखाई सरकारलाई यति क्षति भयो भनेर मात्रै नहुने र व्यावसायीले भनेकै भरमा त कति क्षति भयो भनेर आँकलन गर्न मुस्किल हुने बताए । उनले भने ‘यतिबेला हामी लघु, घरेलु तथा साना उद्योगीहरुको स्थिति के हो भनेर अध्ययन गर्दैछौं । ति उद्योगीहरुलाई कहाँनेर सहयोग गर्नुपर्ने हो ? भनेर पनि हेर्दैछौं । फुटपाथमा व्यवसाय गर्ने स्वरोजगार मजदुरहरुको अवस्था के छ ? सटर लिएर व्यवसाय गर्नेहरुको अवस्था के छ ? भनेर पनि अध्ययन गरिरहेका छौं । हामी साना साना कुराहरुबाट अध्ययन थालेर सम्बन्धीत निकायहरुसँग समन्वय गरेर राहत र सहुलियत दिनेबारे अध्ययन गरिरहेका छौं । अध्ययन नै नगरि सहुलियत देऊ भनेर कसैले भन्न सक्दैन् । व्यवसायीको क्षति कति हो ? खोजेको के हो ? त्यति कुरा पनि नबुझि सहयोग गर्नुपर्यो भन्न त सकिन्न नी । त्यस्तो बेलामा समस्या आउँछ, के दिने कति दिने ?’

करका विषयमा अहिलेसम्म राज्य बोलेको छैन् उनले भने । उनी यत्तिकैमा जर्किदै भने ‘भ्याट तिर्न त के को आपत्ति हो ? उपभोक्ताले दिएको पैसा बुझाईदेऊ भनेका हौं । तपाईँहरुले माग्ने पनि राज्यसँग अनि राज्यलाई दिनुपर्ने कर चाँही नदिएपछि राज्यले कहाँबाट ल्याएर दिने हो र ? राज्यले दिने श्रोत के हो भनिदिनु पर्यो नी । अहिले करका विषयमा छलफल भैरहेको छ । भ्याट त उपभोक्ताले जम्मा गरेको पैसा हो, त्यो त बुझाईदिनु परो नी ।’


प्रतिक्रिया दिनुहोस्