ट्रम्पले दिए राष्ट्रपति भण्डारीलाई शुभकामना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संविधान दिवसमा अवसरमा नेपाल समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाएका छन् ।
ट्रम्पले संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीमार्फत नेपाललाई शुभकामना सन्देश दिएका हुन् । संविधान दिवसको अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाली जनता र राष्ट्रपति भण्डारीलाई शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि आइतबार चिनियाँ राष्ट्रपति सी जिनफिङले पनि शुभकानमा सन्देश पठाएका थिए ।