छोराको जन्मदिन मनाउन हिँडेका नुवाकोट शिवपुरीका पन्तको बसको ठक्करले ज्यान गयो « Arthapath.com
८ आश्विन २०७७, बिहीबार

छोराको जन्मदिन मनाउन हिँडेका नुवाकोट शिवपुरीका पन्तको बसको ठक्करले ज्यान गयो



काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका सुनखानी घर भएका शंकर पन्तको मंगलबार बसले ठक्करदिदा ज्यान गएको छ ।


सुनखानी घर भइ हाल कपन बस्दै आएका शंकर प्रसाद पन्तको बालाजु चौकी अगाडि रहेको पसल बन्द गरेर घर फकर्ने क्रममाबीच बाटोमै अर्थात उनलाई गाडीले बसपार्र्क विनायक अस्पताल अगाडि मन्दीर छेउमा मयुर यातायातको गाडीले ठक्कर दिदा उनी घाइते भएका थिए ।


उनलाई लगत्तै नजिकैको विनायक अस्पताल पुर्याइयो भने त्यहाँ उपचार सम्भव नभएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल रिफर गरियो ।


टिचिङ अस्पतालमा उपचारको क्रममा शंकरको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्काले बताए ।
तेही दिन उनको छोराको बर्थडेको भएकाले उनी घर फकदै गर्दा बेलुका ८ बजेतीर गाडीले ठक्कर दिएको हो ।


प्रतिक्रिया दिनुहोस्