पर्यटन प्रवर्द्धन गर्न हप्तामा २ दिन बिदा दिने « Arthapath.com
८ आश्विन २०७७, बिहीबार

पर्यटन प्रवर्द्धन गर्न हप्तामा २ दिन बिदा दिने



काठमाडौं । लामो समयदेखि प्रभावित भएको पर्यटन क्षेत्र उकास्नका लागि विभिन्न तयारीहरू भईरहेका छन् । कोरोना भाइरसले सबैभन्दा बढि पर्यटन क्षेत्र प्रभावित भएपछि यसलाई पहिलेको अवस्थामा ल्याउन पर्यटन मन्त्रालयले विभिन्न तयारी गरिरहेको छ । पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि साताको दुई दिन बिदा दिने तयारी गरेको हो । 

विहीबार पर्यटनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बसेको मन्त्रिस्तरीय बैठकले २ दिन बिदाको लागि अध्ययन कार्यदल बनाउने निर्णय गरेको जनाएको छ । मन्त्रालयका अनुसार कार्यदलले प्रस्ताव तयार गरेलगत्तै मन्त्री परिषदमा पेश गरिनेछ ।

मन्त्रालयका सह सचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी सदस्य उक्त कार्यदलमा सदस्य रहेका छन् । समितिमा अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि समेत राखेर कार्यदलले अध्ययन गर्ने जनाईएको छ ।

६ महिनादेखि आम्दानीविहीन होटेल, एअरलाइन्स र पर्यटन व्यवसायीले अब पर्यटन व्यवसायी माइनसमा गइसकेको बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्