दक्षिण कोरियाका नागरिकको मृत्यु भएकोमा उनले क्षमा मागे « Arthapath.com
९ आश्विन २०७७, शुक्रबार

दक्षिण कोरियाका नागरिकको मृत्यु भएकोमा उनले क्षमा मागे



काठमाडौं । उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट दक्षिण कोरियाका नागरिक मारेकोप्रति उत्तरकारियाली नेता किमजोङ उनले क्षमा मागेका छन् ।

उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको चियोङ वा डाईका राष्ट्रिय सुरक्षा निर्देशक एवं राष्ट्रपति मूनका वरिष्ट सुरक्षा सल्लाहकार सूह हूनले बताए ।

उत्तर कोरियाले पठाएको पत्रमा एक जना अपरिचित व्यक्तिले तटीय सुरक्षा गस्तीले चेतावनी दिएपनि त्यसको बेवास्ता गर्दै अगाडि बढेपछि गोली चलाउनु परेको उल्लेख छ ।

यसैबीच, मून र किमले हालैमात्र व्यक्तिगत पत्र आदानप्रदान गर्नु भएको सूहले बताउनुभएको छ । उक्त पत्रहरुमा कोरोनाभाइरस महामारीबाट उत्पन्न कठिनाईलाई परास्त गर्दै सियोल–प्योङयाङबीचको सम्बन्धलाई पुनः गति दिने अपेक्षा गरिएको छ । ती पत्रहरु पछिल्लो एक महिनाभित्र आदानप्रदान गरिएको पनि सूहले बताए । सूह दक्षिण कोरियाली राष्ट्रपतिका उच्च सुरक्षा सल्लाहकार हुन् ।


प्रतिक्रिया दिनुहोस्