काठमाडौंमा ग्यास सिलिन्डर बिस्फोट, पाँच जना घाइते « Arthapath.com
१४ आश्विन २०७७, बुधबार

काठमाडौंमा ग्यास सिलिन्डर बिस्फोट, पाँच जना घाइते



काठमाडौं । काठमाडौंको पेप्सीकोलाको एक घरमा ग्यास सिलिण्डर भएको छ । बुधबार साँझ घरमा ग्यास सिलिन्डर बिस्फोट हुँदा पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार दिउँसो साढे ३ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका ९ हिमालयन टोलस्थित सुनिता कार्कीको घरमा भाडामा बस्नेको कोठामा ग्यास सिलिन्डर पड्किएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्ष बस्नेतले बताए ।

सुरूमा ग्यास लिक भएकोजस्तो आवाज आएपछि रेगुलेटर अफ गर्न गएका बेला सिलिन्डर बिस्फोट भएको हुन सक्ने प्रहरीले बताएको छ । घाइते हुने १ जना बालकलाई कीर्तिपुर अस्पतालमा पठाइएको छ भने अरू चार जनाको पेप्सीकोलास्थित मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्