५ सय मेगावाट क्षमताको जलविद्युत निर्माण गर्न अष्ट्रेलियन कम्पनीको प्रस्ताव, बन्ला त पश्चिम सेती ?

काठमाडौं । नेपालमा ५ सय मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ । अष्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुपले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपत समेत आफैं गर्ने प्रस्ताव ऊर्जा, मन्त्रालयमा पेस गरेको छ । यसबारे ऊर्जा मन्त्रालय र सो कम्पनीका प्रतिनिधि बीच भर्चुअल बैठक समेत भएको जनाएको छ ।
कार्यकाल सकाएर स्वदेश फर्कनु अघि नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले शुक्रबार मन्त्रालयमा गरेको बिदाई भेटमा उर्जामन्त्री वर्षमान पुनले सो प्रस्तावलाई सरकारले सकारात्मक रुपमा लिएको बताए । कम्पनीका अध्यक्ष एन्ड्रीउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आगामी अक्टुबर १२ मा नेपाल आउन लागेको छ ।
तीनदिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपीशर्मा ओली, ऊर्जामन्त्री पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका छ ।
राजदूत बडले अष्ट्रेलियाले नेपालको विकासमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए। उनले अष्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युतसहित नेपालको विविध क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने बताए ।
लामो समयदेखि पश्चिम सेती जलविद्युत आयोजना बन्न नसक्दा नेपालमा हालसम्मकै ठूलो जलविद्युत आयोजना बन्ने भएको छ । अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न ईच्छा देखाएको छ । लामो समयदेखि पश्चिम सेती जलविद्युत आयोजना अन्यौलमा रहेका वेला अष्ट्रेलियको कम्पनीले नेपालमा हालसम्मकै ठूलो जलविद्युत आयोजना निर्माण गर्न ईच्छुक भएपछि केहि आशा पलाएको छ ।करिव दुई दशक देखि ७५० मेगावाटको पश्चिम सेती विभिन्न समयमा धेरै कम्पनी फेरवदल भए तर कुनै टुंगो लाग्न सकेको छैन ।