बेहुलाले बिहेकै दिन गरे बेहुलीको हत्या « Arthapath.com
२० आश्विन २०७७, मंगलवार

बेहुलाले बिहेकै दिन गरे बेहुलीको हत्या



काठमाडौं । बिहे भोज चलेकै बेलामा एक बेहुलाले बिहेकै दिन बेहुलीको हत्या गरेका छन् । सुरुमा उनीहरुबिच भएको झगडा अन्त्यमा हत्यामा परिणत भएको थियो । यो घटनारुसको नोबासिबिरिकको हो । ३३ वर्षीय ती बेहुलाले रक्सीले मातेका बेला अन्य एक युवकको डाहा लागेपछि श्रीमतीमाथि कुटपिट गरेका थिए । उनले अन्त्यमा ओकासाना नामकी ३६ वर्षीया बेहुलीको हत्या गरेका हुन् ।

अहिले प्रहरीले आरोपित युवकलाई पक्राउ गरिसकेको छ । स्टिफन डोलगिख नामका ती युवक यसअघि पनि हत्या तथा लुटपाटको आरोपमा जेल बसिसकेको प्रहरीले जनाएको छ । युवकले दुलहीले खराब व्यवहार गरेका कारण आफ्नो होश गुमेको र घटना घटेको प्रहरीलाई बयान दिएका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्