अन्ततः टीआरपी बढाएको आरोपमा भारतका पत्रकार गोस्वामीमाथि मुद्दा पर्यो « Arthapath.com
२३ आश्विन २०७७, शुक्रबार

अन्ततः टीआरपी बढाएको आरोपमा भारतका पत्रकार गोस्वामीमाथि मुद्दा पर्यो



काठमाडौं । पैसा दिएर टीआरपी (टेलिभिजन रेटिङ प्वाइन्ट्स) बढाएको आरोपमा भारतको रिपब्लिकन टीभीका सञ्चालक एवं कार्यक्रम प्रस्तोता अर्नब गोस्वामीमाथि मुद्दा दायर गरिने भएको छ ।

अर्नब गोस्वामीको रिपब्लिक टीभीले पैसा दिएर टीआरपी बढाएको आरोप लागेको हो । मुम्बई प्रहरीले अर्नबको रिपब्लिक टीभीसहित तीन च्यानलमाथि पैसा दिएर टिआरपी बढाएको जनाएको छ ।

मुम्बई प्रहरीका अनुसार उसले न्यूज च्यानलहरुले पैसा दिएर टीआरपी बढाउने गरेको एउटा यस्तो ¥याकेटको पर्दाफाश गरेको छ । मुम्बई प्रहरीका कमिश्नर परमवीर सिंहले बिहीबार पत्रकार सम्मेलन गरी यो ¥याकेटको खुलासा गरेको हो । जसमा पहिलो चरणमा अर्नबको रिपब्लिक टीभीसहित तीन वटा च्यानल रहेको उसले जनाएको छ ।

रिपब्लिकन टीभीले भने यस आरोपको अस्वीकार गरेको छ । च्यानलका सम्पादक अर्नब गोस्वामीले आफ्नो तर्फबाट विज्ञप्ति निकाली मुम्बई प्रहरीले झूठो आरोप लगाएको जनाएका छन् ।

सुशान्त सिंहको मुद्दामा प्रहरीमाथि प्रश्न उठाइएकाले आफ्नो टीभीमाथि प्रहरीले निशाना बनाएको गोस्वामीको तर्क रहेको छ ।

प्रहरी कमिश्नरका अनुसार अरु दुई मराठी च्यानलमाथिका मालिकलाई पनि गिरफ्तार गरिएको छ । यसो हुुनुमा टीआरपीमार्फत् पाइने विज्ञापनको कारण रहेको प्रहरीले जनाएको छ । यसैका कारण करोडौं आम्दानीमा असर पर्ने पनि प्रहरीले उल्लेख गरेको छ ।

२० लाख भारतीय रुपैयाँ वरामद गरिएको प्रहरीले जनाएको छ । नक्कली टीआरपी देखाएर पैसा संकलन गर्नु आपराधिक कार्य भएको पनि प्रहरीले जनाएको छ ।बीबीसी


प्रतिक्रिया दिनुहोस्