अरुण भ्याली हाईड्रोपावरले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने « Arthapath.com
२५ आश्विन २०७७, आईतवार

अरुण भ्याली हाईड्रोपावरले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि बोर्डमा पुगेको छ । बोर्डले १ः१ अनुपातमा हकप्रद जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद सेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएको हो । हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

अरुण भ्याली कम्पनीले पिलुवा खोलाको पानी उपयोग गरी ३ हजार किलोवाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना निर्माण गरी २०५६ सालदेखि नै व्यापारिक उत्पादन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्