यी हुन संभावीत मन्त्रीहरु, पुर्व माओवादीका मन्त्रीको लिष्टमा प्रधानमन्त्री ओलीको कैचि, प्रचण्ड–ओलीविच लिष्ट फालाफाल « Arthapath.com
२५ आश्विन २०७७, आईतवार

यी हुन संभावीत मन्त्रीहरु, पुर्व माओवादीका मन्त्रीको लिष्टमा प्रधानमन्त्री ओलीको कैचि, प्रचण्ड–ओलीविच लिष्ट फालाफाल



काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद समाधान गरेका प्रधानमन्त्री केपी शर्मा ओली अर्थलगायत महत्वपुर्ण मन्त्रालय अझै खालि राखेर बसेका छन । सरकार विस्तारमा दुई अध्यक्षविच महिनौ भयो छलफल चलेको तर निकास आएको छैन ।

प्रधानमन्त्री ओलीले पार्टीको विवाद समाधानकै वखत पार्टी निर्णयमा चल्ने बताइसकेकाले अन्य नेताहरु ओलीलाई गलाउने गरी प्रश्तुत भएका छन भने ओली आफु टसमसको अवस्थामा छन । गत भदौ २० गते सांसद नरहेकै कारणले मन्त्रीबाट हटेका डा. युवराज खतिवडाले सम्हाल्दै आएको अर्थ मन्त्रालय खाली भएको आज ३७ दिन वितिसकेको छ ।

नेताहरुविच सहमती हुन नसक्दा अर्थमन्त्री को बन्ने भन्ने विवाद अझै सल्टिएको छैन । अहिले शहरी विकास, अर्थ र संचार मन्त्रालय खाली छ । त्यसको अलावा केही पुराना मन्त्रीलाई हटाएर नयाँलाई अवसर दिने सहमती भएपनि अहिलेसम्म कार्यन्वयन हुन सकेको छैन ।

३ खालि मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डविच सहमती हुन सकेको छैन । अहिले सरकारमा पुर्व माओवादीका ८ मन्त्री रहेका छन । यी मध्ये ५ मन्त्री विदा गर्ने मोडमा प्रचण्ड पुगेका छन । ५ जना पुर्व माओवादीबाट फेरीने मन्त्रीहरुको लिष्टमा समेत प्रधानमन्त्री ओलीले असहमती देखाएपछि मन्त्रीपरिषद विस्तार रोकिएको हो । प्रचण्डले गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन र खानेपानी मन्त्री बिना मगरलाई हटाउन चाहेका छैनन । यी बाहेक ५ जना हटाएर नयाँलाई अवसर दिन प्रचण्डले गरेको आग्रहमा ओलीले असहमती जनाएका छन ।

नयाँ मन्त्रिका लागि पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव र देव गुरुङ्गको नाम प्रचण्डले सिफारिस गरे पनि ओली तनावमा छन । आफ्नै मन्त्रीपरिषदमा प्रधानमन्त्री विरुद्ध बोल्दै आएका मातृका यादवप्रति त ओली झनै नेगेटिभ छन । प्रधानमन्त्रीले पुर्व माओवादीमा आफुप्रति नरम देखिएका टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, लेखराज भट्ट र प्रभु शाहको नाम पूर्व एमाओवादीको लिष्टमा रुचि देखाएका छन ।

पूर्व एमालेको तर्फबाट प्रधानमन्त्रीले नयाँ बन्ने मन्त्रीहरूमा विष्णु पौडेल, भीम रावल, तुलसा थापा, सुरेन्द्र पाण्डे, महेश बस्नेत र गोकुल बाँस्कोटाको नाम रहेका छन ।


प्रतिक्रिया दिनुहोस्