सिद्धार्थ बैंकले गर्यो ऋणपत्र बाँडफाँट « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

सिद्धार्थ बैंकले गर्यो ऋणपत्र बाँडफाँट



काठमाडौं । सिद्धार्थ बैंकले ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले असोज १६ देखि २० गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको हो । कम्पनीले वार्षिक ८.५ प्रतिशत ब्याजदरको ३० लाख कित्ता ऋणपत्र असोज २६ गते बाँडफाँट गरेको हो ।

ऋणपत्र खरीद गर्नेले तोकिएको वार्षिक ८.५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्ने छन् । धितोपत्रको दोस्रो बजारमा पनि ऋणपत्र सूचीकृत हुने छ । उक्त ऋणपत्र विक्री गर्न बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असोज १ गते स्वीकृति पाएको हो ।

कम्पनीले कुल कित्तामध्ये रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको थियो भने १८ लाख कित्ता परिपत्र विधिबाट विक्री गरेको थियो । सर्वसाधारणका लागि छुट्याइएको मध्येबाट ६० हजार कित्ता ऋणपत्र भने सामुहिक लगानी कोषको लागि बाँडफाँट गरिएको छ । उक्र ऋणपत्र विक्रीको जिम्वेवारी एनएमबि क्यापिटलले पुरा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्