रक्षा मन्त्रालय खोसिएका पोखरेल छायाँ प्रधानमन्त्री ! नेपाललाई चित्त बुझाउन रावललाई रक्षा मन्त्रालय, मन्त्रीपरिषद विस्तारमा एक्लिए प्रचण्ड « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

रक्षा मन्त्रालय खोसिएका पोखरेल छायाँ प्रधानमन्त्री ! नेपाललाई चित्त बुझाउन रावललाई रक्षा मन्त्रालय, मन्त्रीपरिषद विस्तारमा एक्लिए प्रचण्ड



काठमाडौं । लामो रस्साकस्सीविच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गरेका छन । ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई पेल्ने रणनितीका साथ सबै आफ्नै गुटका नेतालाई मन्त्रीपरिषदमा सामेल गराएका छन ।

ओलीले आफुलाई संकटका बेला साथ दिँदै आएका पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन । बुधबार साँझ मन्त्रीपरिषद विस्तार गरेका प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाललाई पुरै वाइपास गरेका छन ।

ओलीले उपप्रधान तथा रक्षामन्त्री रहेका ईश्वर पोखरेलको मन्त्रालय खोसेर प्रधानमन्त्री कार्यालयमा ल्याएका छन । अव डा. युवराज खतिवडा अमेरीकाको राजदुत भएर जाने भएपछि प्रधानमन्त्रीले आफ्ना विश्वासपात्र पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय हेर्नेगरी जिम्मेवारी तोकेका छन ।

प्रधानमन्त्री कार्यालय अन्तर्गत सम्पति शुद्धीकरण, राजश्व न्यायाधिकरण र राष्ट्रिय अनुसन्धान व्यूरो ल्याइएको छ । अर्थ र गृह मन्त्रालयले हेर्दै आएका यी विभाग गत वर्षनै ओलीले आफु मातहत ल्याएका हुन । यी विभागको काम फितलो भएको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुको भागवण्डा मिलाउन र रक्षा मन्त्रालय पार्टी नेता माधव नेपाल पक्षिय नेता भिम रावललाई दिन ओलीले रक्षा मन्त्रालय खालि राखेका हुन ।

अवको केही दिनमै रक्षा मन्त्रीमा भिम रावललाई नियुक्त गर्ने प्रधानमन्त्रीले प्लान बनाएका छन । अवको केही दिनमै पार्टी नेता भिम रावल रक्षामन्त्री बन्ने पक्का भएको छ । सरकारको पक्षमा चर्को आलोचना गरिरहेका रावललाई रक्षामन्त्री बनाउने प्लान ओलीले बनाएका छन । ओलीले माधव पक्षका सरकार विरोधी अभिव्यक्ति दिनेहरुलाई मात्रै मन्त्री बनाएर बुजो लगाइदिएका छन । कुनैबेला योगेश भट्टराई र घनश्याम भुसाल पनि प्रधानमन्त्रीको खुबै आलोजना गर्दै आएका थिए ।

यो पटकको मन्त्रीपरिषद विस्तारमा प्रचण्डको कोटाबाट कोही पनि मन्त्री परेनन् । पार्टी अध्यक्ष प्रचण्डले जनार्दन शर्मा प्रभाकरलाई संचार तथा सूचनाप्रविधि मन्त्री बनाउन प्रधानमन्त्रीलाई दवाव दिएका थिए । शर्मालाई मन्त्री नबनाएर प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद विस्तारमा एकलौटी गरेको भन्दै प्रचण्ड माधव समुह ओलीप्रति थप आक्रामक बनेका छन ।


प्रतिक्रिया दिनुहोस्