मेगा बैंकको लिलामी सेयरमा कट अफ मुल्य कति ? « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

मेगा बैंकको लिलामी सेयरमा कट अफ मुल्य कति ?



काठमाडौं । मेगा बैंकको लिलामी सेयरमा प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार यस लिलामी सेयरमा सर्वसाधरण समुह तर्फ २१२ रुपैयाँ कट अफ कायम भएको छ । यसैगरी, संस्थाक समूहको लिलामीमा १०८ रुपैयाँ कट अफ आएको छ । तर अन्तिम भेरिफाई कार्य सकिएको छैन ।

यसर्थ, कट अफ भाउ सामान्य तलमाथि हुन सक्ने बिक्री प्रबन्धकको भनाई छ । मेगा बैंकले असोज ११ गतेबाट १८ गतेसम्म संस्थापक समूहको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता गरी कुल १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्