नेप्सेले कारवाही गरेको हिमालयन डिष्टिलरी र मल्टिप्रपोज फाइनान्सको सेयर कारोवार खोल्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन डिष्टिलरी र मल्टिप्रपोज फाइनान्स दुई कम्पनीहरुको शेयर कारोबार फुकुवा गरेको छ ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २४ बमोजिम बुझाउनु पर्ने वार्षिक शुल्क नतिरेका कारण २५ कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।
हिमालयन डिष्टिलरी र मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार बन्द गरेको थियो । सोमबारदेखी यी दुबै कम्पनीको सेयर कारोवार हुने भएको छ । यी दुई कम्पनीले नविकरण शुल्क बुझाएपश्चात सेयर कारोबार फुकुवा गरिएको हो ।