मन्त्रीमण्डल पुर्नगठनमा रिसाएका प्रचण्डलाई फकाउन ओलीपक्षिय नेताहरु सक्रिय, प्रधानमन्त्रीको सन्देशलिएर ज्ञवाली खुमलटारमा « Arthapath.com
१४ कार्तिक २०७७, शुक्रबार

मन्त्रीमण्डल पुर्नगठनमा रिसाएका प्रचण्डलाई फकाउन ओलीपक्षिय नेताहरु सक्रिय, प्रधानमन्त्रीको सन्देशलिएर ज्ञवाली खुमलटारमा



काठमाडौं । ३ वर्ष अघि सबै नेपालीहरु द्यशैं मनाइरहेका थिए । सोही समयमा कुनै नेपालीको मात्रै होइन तत्कालिन माओवादी र एमालेका नेताहरुलाई समेत पत्तो नदिइ पार्टी एकताको सम्झौता गरेका २ अध्यक्षविच ठिक ३ वर्षपछि दशैंमै तिक्तता बढेको छ ।

मन्त्रीपरिषद गठन र राजदुतहरुको सिफारिसलाई लिएर बढेको विवाद सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद अहिले प्रधानमन्त्री हटाउनेसम्ममा पुगेपछि दशैंनै नमनाई केही प्रधामन्त्री ओलिनिकट नेताहरु राजधानी आइपुगेका छन । केही नेताहरु रातारात सरकार ढल्न नदिन लागिपरेका छन ।

नेकपाका दुई अध्यक्षविच संवादहिनताको अवस्थामा पुगेपछि स्थीति झै जटिल बन्दै आएको छ । दुई अध्यक्षविचको विवाद हटाउन शुक्रबार विहान नेकपा स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्री ओलीको सन्देश सुनाएका छन ।

मन्त्रीमण्डल पुर्नगठमा रिसाएका प्रचण्डलाई फकाउन प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, अर्थमन्त्री एवम् पार्टी महासचिव विष्णु पौडेल, गण्डकी प्रदेशका प्रमुख पृथ्वीशुब्बा गुरुङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली प्रचण्डलाई फकाउन लागिपरेका छन ।प्रचण्डले पनि आफुलाई बारम्बार ओलीपक्षका नेताहरु भेट्न आएपनि आफुपक्षिय नेताहरुसंग के कसरी अघि बढ्ने भनेर संवाद अगाडी बढाएका छन ।

प्रचण्ड निवास खुमलटार पुगेर मन्त्री ज्ञवालीले पार्टी एकता नटुटाउन प्रचण्डलाई आग्रह गरेका थिए । जवाफमा प्रचण्डले प्रधानमन्त्रीले पार्टी निर्णय वेगर हिँडेको बताएका थिए ।

३ साताअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रश्ताप संसदमा दर्ता भएदेखीनै ओली प्रचण्डविच विवाद देखिँदै आएको थियो । पछि ओलीले एकलौटी ढंगले मन्त्रिमण्डल पुनर्गठन गरेपछि दुई अध्यक्षबीच बोलचालनै बन्द छ ।


प्रतिक्रिया दिनुहोस्