कोरोना संक्रमणका कारण थप तीन जनाको ज्यान गयो

काठमाडौं । कोरोना संक्रमणका कारण थप तीन जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा उदयपुर, सप्तरी र पर्साका एक एक जना पुरुषको रहेका छन ।
उदयपुरमा चौदण्डीगढी नगरपालिका बेलटारका ४० बर्षीय एक पुरुषका आज विहान बिराटनगर स्थित कोसी अंचल अस्पतालमा मृत्यु हो ।
केही दिन अघि देखि ज्वरो खोकि बाट बिरामी भएका उनलाइ कार्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै पर्साको धोविनी गाउपालिकाका ५५ वर्षका पुरुषको गएराति नारायणी अस्पतालमा मृत्यु भएको हो ।श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका सप्तरीको महादेवाका ३० वर्षीय युवकको गएराति मृत्यु भएको हो । उनको अस्पताल भर्ना भएकै दिन मृत्यु भएको हो ।