कोरोना बीमाको दावी एक साताभित्र तिर्न बीमा समितिको निर्देशन, डकुमेन्ट आए फटाफट दिन्छौं : बीमक संघ « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

कोरोना बीमाको दावी एक साताभित्र तिर्न बीमा समितिको निर्देशन, डकुमेन्ट आए फटाफट दिन्छौं : बीमक संघ



काठमाडौं । कोरोना बीमाको दावी एक साताभित्र भुक्तानी गर्न बीमा समितिले निर्देशन दिएको छ । बीमाको कम्पनीहरुले दावी तिर्न आनाकानी गरेको उजुरी बीमा समितिमा पेरपछि नियमनकारी निकाय बीमा समितिले १ साताभित्र दावी फर्च्र्यौट गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो ।

बीमा समितिले प्रक्रिया पुगेको बीमितको १ साताभित्र दावी भुक्तानि दिन निर्देशन दिएको छ । ‘डकुमेन्ट पुगेका दावीहरु तत्काल भुत्तानी गर्न निर्देशन दिएका छौं’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्थपथसंग भने ।

सरकारले गत चैत्र ९ गतेदेखीनै १ लाख र ५० हजार राशीको कोरोना बीमाको पोलिसि जारी गरेको थियो । कोरोनाको संक्रमित बढ्दै गएपछि बीमा कम्पनीहरुले दावी भुक्तानिमा आनाकारी गरिरहेका थिए । बीमा समितिले परेका सबै दावी एक सातामै भुत्तानी दिन आग्रह गरेको छ ।

डकुमेन्ट आए फटाफट भुक्तानी हुन्छ : अध्यक्ष पाण्डे

बीमा समितिले दावी तिर्न आग्रह गरेपछि नेपाल बीमक संघले सबै दावी फटाफट तिर्ने बताएको छ । बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले भने ‘हामीकहाँ २३ सय ओटा फाइलहरु रोकिएका हुन । १८ सय फाइल भोलीनै सबै कम्पनीकोमा पठाइने अध्यक्ष पाण्डेले भने ।’

कोरोना बीमाको पुल म्यानेजरको भुमिका निर्वाह गरिरहेको शिखर इन्स्योरेन्सले आएका दावीको छानविन गरी अन्य कम्पनीहरुमा पठाउँछ । हामीले सबै फाइल छानविन गरिसकेका छौं भोलीनै १८ सय फाइल संबन्धीत कम्पनीहरुलाई पठाउँछौं बीमक संघ अध्यक्ष पाण्डेले भने । गत जेठ २८ गतेपछि स्थानिय तहको स्वीकृत पछि मात्रै दावी भुक्तानी गर्ने बताएको थियो । सोही कारणले केही फाइल अडकिएका हुन ।

बीमितले सरकारले तोकेबमोजिमको मापदण्ड पुरा गरे दावी पाउने बीमा समितिको दावी छ । प्रक्रिया पुगेर आएका फाइलहरु अव रोकिँदैनन् । समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस्