राष्ट्र बैंकद्धारा मर्जरका लागि यी ४ लघुवित्तलाई अन्तिम स्वीकृति « Arthapath.com
१९ कार्तिक २०७७, बुधबार

राष्ट्र बैंकद्धारा मर्जरका लागि यी ४ लघुवित्तलाई अन्तिम स्वीकृति



काठमाडौं । मर्जरका लागि ४ लघुवित्तलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकले महिला सामुदायिक लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्तलाई र महुली लघुवित्तले नवकिरणलाई प्राप्ती गर्न अन्तिम स्वीकृति दिएको हो । महिलाको केन्द्रीय कार्यालय घोराही दाङमा छ भने जाल्पाको पोखरामा केन्द्रीय कार्यालय रहेको छ ।

मर्जरसँगै लघुवित्तको नाम जाल्पा सामुदायिक लघुवित्त र केन्द्रिय कार्यालय बुटलमा र क्षेत्रीय कार्यालय दाङ र पोखरामा रहने संस्थाले जनाएको छ । त्यस्तै संस्थाले ५७ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्ने जनाएको छ ।

त्यस्तै, महुली लघुवित्तको केन्द्रीय कार्यालय सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकामा र नवकिरणको केन्द्रीय कार्यालय धुलिखेलमा छ । मर्जरपछि लघुवित्तको नाम महुली लघुवित्त रहने संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्