सवारी लाइसेन्स निकाल्दै हुनुहुन्छ भने लिखित र प्रयोगात्मक परीक्षाको तालिका थाहा पाउनुहोस् « Arthapath.com
२३ कार्तिक २०७७, आईतवार

सवारी लाइसेन्स निकाल्दै हुनुहुन्छ भने लिखित र प्रयोगात्मक परीक्षाको तालिका थाहा पाउनुहोस्



काठमाडौं । आठ महिनादेखि स्थगित सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा तिहारपछि शुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण लामो समयसम्म परीक्षा सञ्चालन नहुँदा सवारी चालक अनुमतिपत्र लिनबाट वञ्चित भएका थिए । त्यसैलाई मध्यनजर राखेर सरकारले पुनः परीक्षा सुचारु गर्न लागेको हो ।कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै विभागले गत चैत ७ गते लाइसेन्सको आवेदन लिने तथा लिखित र प्रयोगात्मक परीक्षा लिने काम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो ।

यातायात व्यवस्था विभागले तिहारपछि चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सुचारु गर्ने गरी गृहकार्य अगाडि बढाएको छ । लकडाउन शुरु भएपछि वर्षौदेखि हुन नसकेको स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने काम विभागले यस अवधिमा सम्पन्न गरेको छ ।

अब ट्रायल पास भएको करिब एक साताभित्र नै स्मार्ट लाइसेन्स वितरण गर्ने तयारी विभागले गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले तिहारपछि स्वास्थ्य मापदण्ड पालना गरेर सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्