नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै « Arthapath.com
२४ कार्तिक २०७७, सोमबार

नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै



काठमाडौं । राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि बिक्रि गर्ने जनाएको छ । उक्त ट्रेजरी बील बोलकबोल माध्यमबाट बिक्री गरिने राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको हो । जसमध्ये ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि विक्री गरिनेछ र उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । त्यस्तै, १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि विक्री गरिने भएको छ ।

उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने १ सय ८२ दिनका लागि विक्री गर्न लागिएको हो । उक्त ट्रेजरी बिल २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले यही कात्तिक १७ गते १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्