एनसेलको सिमकार्ड किन्दा १ जीबी डेटा निःशुल्क « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

एनसेलको सिमकार्ड किन्दा १ जीबी डेटा निःशुल्क



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै भैरहवामा सुविधासम्पन्न एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । भैरहवाको मिलनचोक–५ स्थित कोइराला कम्प्लेक्समा रहेको यस एनसेल सेन्टरले ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्दछ ।

नयाँ सेन्टर सञ्चालनको अवसरमा विभिन्न सेवाको लागि सेन्टर आएका ग्राहकले कार्तिक ३० गतेसम्म विभिन्न भोलुमको डेटा प्याक उपहार स्वरुप प्राप्त गर्नेछन् । भैरहवा सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म ७ दिनसम्म मान्य रहनेछ । साथै सेन्टरबाट रु। २०० को ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले पनि ७ दिनको समयसीमा रहेको १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् ।

त्यसैगरी रु ५०० र रु १००० को ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ३० दिनका लागि मान्य हुने गरी क्रमशः १ जीबी र २ जीबी डेटा पाउनेछन् । सेन्टरबाट आफ्नो थ्रीजी सिमलाई फोरजीमा अपग्रेड गर्ने ग्राहकले पनि ७ दिनसम्म मान्य हुने १ जीबी डेटा पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्