ज्योति लाईफको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, देशका अधिकांश जिल्लामा सेवा दिन सफल « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

ज्योति लाईफको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, देशका अधिकांश जिल्लामा सेवा दिन सफल



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार कार्तिक २६ गते कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो ।

बुधबार सम्पन्न भएको साधारणसभाले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आईपिओ अनुमोदन गरेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । त्यस्तै, साधारणसभाले आव २०७५÷०७६ को वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदन स्वीकृत गरेको छ । वित्तीय विवरण स्वीकृत गरेसँगै कम्पनीलाई आईपिओ जारी गर्ने बाटो खुलेको हो ।

कम्पनीको हाल चुक्ता पुँजि १ अर्ब ५४ करोड रुपैयाँ छ । कम्पनीले ६६ करोड रुपैयाँको आईपिओ सम्भ्वतः मंसिर महिनाभित्रैमा जारी गर्नेछ । आईपिओ जारी गरेपछि कम्पनीको कूल चुक्ता पुँजि १ अर्ब २० करोड पुग्नेछ ।

त्यस्तै प्रथम बीमाशुल्क तथा नविकरण शुल्क कुल १ अर्ब १ करोड ७५ लाख ८८ हजार ४९ रुपैयाँ संकलन गरेको तथा ६९ करोड २४ लाख ६५ हजार ८६३ रुपैयाँ मात्रको जीवन बीमाकोष समेत खडा गरेको कम्पनीले जनाएको छ । सभामा कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले कम्पनीले ११७ वटा शाखा तथा उपशाखाहरु ७२ जिल्लामा आफ्नो ब्यवसायिक उपस्थिति जनाई जीवन बीमा ब्यवसाय गरि रहेको जानकारी दिए । गत आर्थिक वर्षमा कम्पनीले १० करोड ७८ लाख ७४ हजार ७२६ वितरणयोग्य नाफा आर्जन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्